१३ बैशाख २०८१, बिहीबार

साप्ताहिक राशिफल- तपाईको यो साताको राशिफल

Horoscope

मेष–सामुहिक काममा जिम्मेवारी आउनेछ। छोटो यात्राको मजा मिल्ने एवं साथीभाइसँग धनको कारोबार हुनेछ। मनोरन्जनमा रुचि बढ्नेछ। अध्ययनमा अवसर मिल्ने एवम् दाजुभाइको सहयोगले सामुहिक काम बन्नेछ। दिदीबहिनी एवं बन्धुहरुबाट काममा प्रशंसा मिल्नेछ। साताको मध्यमा भने काममा बाधा आउने एवं आर्थिक रुपमा समस्या पर्ने तथा पारिवारिक सरसल्लाहमा कमी आउनेछ। साताको अन्त्यमा जग्गा जमिनको कारोबारबाट सन्तुष्टि मिल्नेछ। साथीभाइको सल्लाहले काममा राहत मिल्नेछ।

वृष–आफ्नो बोलीवचनले सकारात्मक प्रभाव पर्नेछ। वन्धुवान्धवको सहयोगले पुरानो काम बन्नेछ। धनसम्पत्तिको सहयोग मिल्ने एवं काममा फुर्सद मिल्नेछ। मिठो भोजनको सुख मिल्ने एवं परिवारसँगको भेटमा रमाइलो हुनेछ। साताको मध्येमा भने हिँडडुलले स्वास्थ्यमा समस्या दिने तथा अनावश्यक बोझ आइपर्नेछ। दाजुभाइको सहयोगले काममा भने सजिलो हुनेछ। यात्रामा भने झन्झट एवं व्यक्तिगत काममा बाधा पुग्नेछ। आफ्ना मान्छे सहयोग नदिँदा आँटेको काममा बाधा पुग्नेछ।

मिथुन–यात्रामा धनको व्यय हुनेछ। सवारी साधनले दुख दिने एवं आटेको काम पर सर्नेछ। मनोरञ्जनमा समय व्यतित हुनेछ। साथीभाइ भेटघाट बढ्ने एवं आफन्तसँग खानपिन तथा रमाइलोमा समय बित्नेछ। धनको कारोबारमा भने वृद्धि हुने तथा अध्ययन राम्रो हुनेछ। मिठो बोलीले काम बन्ने तथा कुटुम्बसँग भेटघाट हुनेछ। मानसम्मानको योग बढ्ने तथा काममा प्रशंसा मिल्नेछ। स्वास्थ्यमा भने सामान्य गडबडी एवं आफन्तसँगको कारोबारमा सामान्य विवाद पर्नसक्नेछ।

कर्कट–आफन्तको लागि धन खर्च के्ही हुनेछ। यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ। स्वास्थ्यमा समस्या हुने तथा परिवारमा मनमुटाव बढ्नेछ। साताको मध्यमा भने नयाँ मित्रसँग भेटघाट हुने तथा वैदेशिक सहायता मिल्ने एवं मनोरञ्जनमा बढी समय बित्नेछ। साताको अन्त्यमा भने सानो यात्रा हुने एवं आफन्तसँगको भेटघाटमा भोजनको सुख मिल्ने एवम धनसम्पत्तिको वृद्धि हुने तथा लगानीमा सामान्य प्रतिफल आउनेछ।

सिंह–नयाँ लगानीको व्यवसायमा प्रगति आउनेछ। आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ। ऋणको भार कम हुने तथा सन्तानबाट आर्थिक सहयोग मिल्नेछ। साताको मध्यमा भने अचानक स्वास्थ्यमा समस्या देखिने एवं यात्रामा झन्झट आउनेछ। खर्च बढ्ने तथा आँटेको काममा अड्चन आउनेछ। साताको अन्त्यमा भने स्वास्थ्यमा सुधार हुने एवं आफन्तसँग भेटघाट मिल्नेछ। वैदेशिक सहयोगको योग बन्ने तथा साझेदारी लगानीमा नयाँ योजना हुनेछ।

कन्या–व्यस्तता बढ्ने तथा पदीय प्रशंसा मिल्नेछ। कृषिमा राम्रो फाइदा हुनाले आर्थिक भार कम हुनेछ। सवारीसाधनको सुख मिल्ने तथा खाद्यान्न व्यवसायमा राम्रो आम्दानी हुनेछ। आफन्त भेटघाट एवम यात्रामा झन्झट मिल्नेछ। पारिवारिक सहयोग मिल्नाले पुराना कामहरु बन्नेछन्। प्रेममा प्रगती एवं वैवाहिक जीवनमा सन्तुष्टि प्राप्ती हुनेछ। साताको अन्त्यमा भने विवादमा परिन सकिने, खर्चले तनाव हुने एवं व्यक्तिगतकाममा सामान्य झन्झट हुन सक्नेछ।

तुला–धार्मिक काममा व्यस्तता हुनेछ। परिवारको सुख मिल्ने एवं पारिवारिक सरसहयोग रहनेछ। सन्तानको सुख मिल्ने एवं वैदेशिक सहायता आउनेछ। विदेशबाट फाइदा एवं आफन्तजनको सहयोगमा राम्रो कामको योजना बन्नेछ। खानपिन एवं सुखसयलमा खर्च बढ्ने तथा विलासितामा सामान्य खर्च हुनेछ। व्यापार व्यवसायमा भने सामान्य प्रगति देखिन्छ। वृश्चिक–साताको सुरुमा काममा आलोचना हुनेछ। नयाँ काममा विरोधीबाट विघ्नबाधा सामान्य स्वास्थ्य बाधा हुनेछ। काममा ढिलासुस्ती एवं आफन्तजनसँग मनमुटाव रहन सक्नेछ। साताको मध्यमा भने पुराना काम पुरा हुने एवं धार्मिक काममा खर्च हुनेछ। काममा प्रगति देखिने तथा राजनीतिक क्षेत्रमा अवसर मिल्न सक्नेछ। पदीय सुख मिल्ने एवं काममा प्रशंसा हुनेछ। स्वास्थ्यमा भने सामान्य गडबडी एवं सञ्चित धन खर्च हुने देखिन्छ।

धनु–साझेदारी लगानीमा विवाद हुनेछ। प्रेममा प्रगति मिल्ने तथा आफन्तसँग भेटघाट हुनेछ। खानपिनको कारणले स्वास्थ्यमा बाधा एवं पारिवारिक स्वास्थ्यमा समस्या आउनेछ। साताको मध्यमा भने व्यवसायमा झमेला आउन सक्ने तथा झुटो आरोपको सामना गर्नुपर्नेछ। साताको अन्त्यमा भने काममा प्रगति देखिने एवम यात्रामा तनाव बढ्नेछ। सामानिजक एवं धार्मिक काममा समय व्यतित हुनेछ।

मकर–साताको सुरुमा घरायसी काममा व्यस्तता बढ्नेछ। जिम्मेवारी थपिने एवम ठुलाबडाको साथ भने मिल्नेछ। व्यापार व्यवसायमा सामान्य आम्दानी हुने तथा सम्पत्तीको जाहो हुनेछ। परिवारसँगको रमाइलोमा दिन बित्ने एवम वैवाहिक जीवनमा प्रेमको वृद्धि हुनेछ। छोटो यात्रा हुनेछ। साताको अन्त्यमा भने स्वास्थ्यमा गडबडी एवम आफन्तजनसँग सामान्य वैरभाव रहनेछ। यात्रामा जोगिनुपर्ने तथा अनावश्यक झन्झटले काम लम्बिने देखिन्छ।

कुम्भ–टाढाबाट धनको प्राप्ति हुनेछ। अध्ययन एवम कला, संगीतमा रुचि जानेछ। धार्मिक एवम् आध्यात्मिक क्षेत्रमा रुचि बढ्ने तथा व्यापार व्यावसायमा भने सामान्य आम्दानी हुनेछ। सन्तानको सहयोगले अधुरा काममा प्रगति देखिन्छ। सामान्य वादविवाद पर्न सक्ने एवम घरायसी विवाद भने बढ्नेछ। नयाँ लगानी एवं काममा को लागि योजना बन्नेछ। साताको अन्त्यमा भने दौडधुप धेरै एवम् जिम्मेवारी बढ्नाले व्यक्तिगत काममा बाधा पुग्नेछ।

मीन–चिसोले बाधा पुर्याउनेछ। मानसिक तनावले सताउनेछ। आफन्तसँगको कारोबारमा केही असन्तुष्टि हुनेछ। महिलावर्गसँग दुश्मनी बढ्ने एवम घरायसी झैझगडा हुन सक्नेछ। साताको मध्यमा भने धनको सुख मिल्ने एवम भोगविलासमा खर्च बढ्नेछ। साथीभाइले आर्थिक सहयोग गर्नेछन् तथा आफन्तबाट आश्वासन मिल्नेछ। साताको अन्त्यमा भने खेलकुदमा रुचि जाने, घरबाहिरको काममा प्रगति देखिने तथा व्यक्तिगत कुरामा खर्च बढी हुनेछ।