
सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजना एमसीसी पास गर्ने निर्णय लिएपछि एकजना प्रदेश कमिटी सदस्य एमालेतिर लागेका छन्।
माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् डोटीका युवा नेता भरत बोहोराले प्रचण्डले एमसीसी पारित गर्ने निर्णय गरेपछि पार्टी छाड्ने घोषणा गरेका हुन्।
माओवादी छाडेको घोषणासहित उनी आइतबार दिउँसो सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षणमा सहभागी हुँदै एमालेमा प्रवेश गरेका छन्। बोहोरालाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीप ज्ञवाली र सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टसहितले पार्टीमा स्वागत गरे।