१४ बैशाख २०८१, शुक्रबार

चार कराेडभन्दा बढी बिगाेसहित पूर्वमन्त्री श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर

ciaa

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतबार विषेश अदालत काठमाडौंमा दायर गरेको मुद्दामा चार करोड ४५ लाख रुपियाँ बिगो कामय गरिएको छ । पूर्व सचिवसमेत रहेका श्रेष्ठलाई सार्वजनिक सेवा प्रवेश गरेदेखि नै गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लागेको छ ।

उहाँको ६८ लाख ५० हजार ९५३ रुपियाँ बैंक ब्यालेन्स देखिएकाले उक्त रकम जफत गर्न र बिगो बापतको बाँकी रकम जायजेथाबाट असुल गर्न अख्तियारले मागदाबी गरेको हो ।

उहाँले पदमा बहाल रहँदा स्राेत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी निवेदनको सम्बन्धमा अनुसन्धान भएको थियो । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी श्रीमती र छोराका नाममा राखेको सम्पत्तिको स्रोत नखुलेको देखिएको पनि दायर आरोपपत्रमा उल्लेख छ ।