
अमेरिकी अनुदान सहायता मिलिनियम च्यालेन्ज् कम्प्याक्ट (एमसीसी) परियोजना सम्बन्धी गरिएको ११ बुँदे व्याख्यात्मक घोषणा मन्त्रिपरिषद्को बैठकबाट पारित भएको छ ।
मन्त्रिपरिषद्को बैठकले ३ मिनेटमै अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौतासम्बन्धी ब्याख्यात्मक प्रस्ताव पारित गरेको हो ।
आइतबार बसेको क्याबिनेट बैठकले एमसीसी सम्झौताको विषयमा विवाद भइरहेको अवस्थामा यसलाई मत्थर पार्नका लागि थप १२ बुँदे ब्याख्यात्मक बुँदाहरु सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभाको पहिलो बैठकबाट एमसीसीमा सामान्य प्रस्ताव पारित पश्चात् बानेश्वरस्थित संसद भवनमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताउनुभयो ।
‘एमसीसीमा व्याख्यात्मक घोषणा पारित भयो । अब यो संसदमा पेश हुन्छ र आजै एमसीसी पारित हुन्छ ।’, उहाँले भन्नुभयो ।
ब्याख्यात्मक बुँदाहरुभित्र नेपालको कानूनविपरीत अनुदान सहयोग परिचालन नहुने बताइएको छ । साथै, नेपालको कानूनविपरीत हुन गएको खण्डमा ३० दिनको पूर्वलिखित सूचना दिई अनुदान रद्ध गरिने भनिएको छ ।






