१४ बैशाख २०८१, शुक्रबार

पार्टीको निर्णय वावजुद यी सांसद एमसीसीको विपक्षमा

PRO KTM 33083

नेकपा माओवादी केन्द्रका दुई जना सांसदले एमसीसीको विपक्षमा मत दिने भएका छ्न् ।  

सांसद गिरिराजमणि पोखरेल र अञ्जना बिशंखेले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा भोट हाल्ने घोषणा गर्नुभएको छ । 

सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले एमसीसीको व्याख्यात्मक प्रस्ताव पारित गरेको छ । 

तर सत्ता गठबन्धनका सांसदहरु पोखरेल र विशंखेले एमसीसीको विपक्षमा मत दिनुहुने भएको छ । 

त्यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि मतदान प्रकृयामा सहभागी नहुने बताउनुभएको छ ।