४ बैशाख २०८१, मंगलवार

‘म त परे पूर्वको’ सार्वजनिक

274238060 1156698108438535 6775959367704278055 n

अमेरिकामा लामो समयदेखि बस्दै आएका गीतकार वसन्त थापामगरको शब्द तथा संगीतमा ‘म त परे पूर्वको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायकद्वय प्रवीण भेडवाल, वसन्त थापामगर र गायिकाद्वय रचना रिमाल तथा सुशीला पाठकको स्वरमा छ । गीतमा दिनेश श्रेष्ठको एरेञ्ज छ । निर्देशक समन अधिकारी निर्देशित भिडियोमा स्मारिका र समारिका ढकाल, संयक जुनियर अधिकारी र निर्जन न्यौपाने फिचर्ड छन् ।

भिडियोमा नरेशवीर सिंहको कोरियोग्राफी, नवराज पौडेलको प्रोडक्सन, अनिल कटवालको ड्रोन, नवराज उप्रेतीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ । वसन्त थापामगर प्रस्तुतकर्ता रहेको भिडियो रेस्क्यू क्रिएसनले निर्माण गरेको हो । भिडियोमा टेक्सास इन्टरनेसनल कलेज, मित्रपार्क भेषराज पोखरेल र श्यामसुन्दर श्रेष्ठको विशेष सहयोग छ ।

भिडियो माउण्ट एभरेष्ट डिजिटल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    सम्बन्धित समाचार...