१६ चैत्र २०८०, शुक्रबार

प्रधानमन्त्रीको प्रस्ताव आएको ओलीको खुलासा

kp oli 2
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गर्न सघाए प्रधानमन्त्री बनाउने प्रस्ताव आएको खुलासा गर्नु भएको छ ।

पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्ना लागि देश र जनताभन्दामाथि पद नभएकाले प्रस्ताव अस्वीकार गरेको बताउनुभयो ।

एमसीसीका विषयमा दोधारे कुरा गरिरहेका ओलीले एमसीसी पारित गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने जिम्मा पार्टीलाई सुम्पिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

एमसीसी पास गरेरै भए पनि गठबन्धन जोगाउने तयारीमा पाँच दल लागेको भन्दै ओलीले गठबन्धन कायम रहे पनि स्थानीय चुनावको नतिजा अपत्यारिलो रुपमा एमालेको पोल्टामा आउने दाबी गर्नुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोहोरो चरित्रका कारण देशमा संकट आएको आरोप पनि लगाउनुभयो ।

कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश इन्चार्ज गणेशमान गुरुङसहित केही नेता कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।