१६ चैत्र २०८०, शुक्रबार

अपडेट: गायिकाले पलविरुद्ध उजुरीपछि गरिन मेडिकल चेकअप

blood test
फाइल फोटो

गायिकाले पल शाहविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । समीक्षाले यौनजन्य अपराधसम्बन्धी कुसरमा पलविरुद्ध जाहेरी दर्ता गराएकी हुन्।

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता गराएकीको मेडिकल चेकअप भएको छ ।

पलले आफूलाई जवर्जस्ती शारीरिक सम्बन्ध राखेकाे भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा गायिकाले आज उजुरी दिएकी हुन् ।  त्यस लगत्तै उनले मेडिकल चेकअप गरेकी हुन् ।

पल शाह विरुद्ध समीक्षाले आज दिउँसो दुई जना अभिभावकको उपस्थितिमा गायिका पल शाह विरुद्ध जाहेरी दिन तनहुँ प्रहरी कार्यालय पुगेकी थिइन्।

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिएकी गायिकाले त्यहास्थित प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । सोही सुझाव अनुरुप गायिकाले आज तनहुँ प्रहरीमा उजुरी दिएकी छन् ।

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनको आरोप छ । १८ वर्षभन्दा कम उमेरकी गायिकाले शाहले आफूमाथि फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् ।

केहीदिन अघि मात्रै दुवैबिचको संवाद बाहिरिएको थियो। तर, पलले आवाज आफ्नो नभएको भन्दै गायिकालाई प्रतिस्पर्धी साथीहरुले उकासेको, अडियो लगायत अन्य प्रमाणहरु आफूसँग सुरक्षित रहेको र आधिकारिक निकायले मागेको खण्डमा पेश गर्ने समेत बताएका छन्।

गायिका १८ वर्ष लागेकी छैनन् मुलुकी अपराध संहितामा महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरेमा बालिकालाई जवर्जस्ती करणी गरेको मानिने व्यवस्था छ।

अपराध संहिता २०७४ अनुसार १६ देखि १८ वर्षको किशोरीलाई करणी गर्दा १० देखि १२ वर्षको जेल सजाय हुन सक्छ । यस्तो अपराधमा घटना भएको एक वर्षभित्र उजुरी दिन सकिने व्यवस्था छ ।

गायिकाले एक वर्षभित्रै घटना भएको भन्दै सप्रमाण प्रहरीमा जाहेरी दिएकी हुन् । त्यसैले पललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्न सक्ने सम्भावना देखिएको छ । कानूनमा ३ वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गरिनसक्ने व्यवस्था छ ।

गायिकाले बलात्कारको जाहेरी दर्ता गरेपछि उनको नाम र तस्बिर सार्वजनिक प्रति हामी क्षमा प्रथी छौं