२९ बैशाख २०८२, सोमबार

रक्षात्मक हतियार अमेरिकाले युक्रेनलाई दिने

2021 01 19T191854Z 1905277365 RC26BL9XH1NV RTRMADP 3 USA BIDEN INAUGURATION

अमेरिकी राष्ट्रपति जाे बाइडेनले युक्रेनलाई ‘रक्षात्मक’ हतियार दिने बताएका छन् । रसियाली आक्रमणविरुद्ध अमेरिकाले किभलाई निरन्तर रक्षात्मक हतियार आपूर्ति गर्ने उनले युक्रेनलाई आश्वासन दिएका हुन् ।

त्यस्तै, पूर्वी युरोपमा नेटो गठबन्धनलाई मजबुत बनाउन अमेरिकी सेना परिचालन गर्ने उनले बताए ।

‘हाम्रो व्यालेस्टिक गठबन्धनअन्तर्गत रहेका देशहरु– इस्टोनिया, लातिभिया, लिथुनियालाई मजबुत पार्न यसअघि युरोपमा रहेका अमेरिकी फौजलाई थप परिचालन र हयियारका लागि अधिकार दिएको छु’, राष्ट्रपति कार्यलय ह्वाइटहाउसबाट एउटा टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडेनले भने ।

‘मलाई स्पष्ट हुन दिनुहोस्, यी हाम्रो तर्फबाट पूर्णतया रक्षात्मक कदम हुन,’ उनले भने । -एजेन्सी