६ बैशाख २०८१, बिहीबार

बालुवाटारमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Oli Deuba
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई नेताबीच संसदको जारी गतिरोध अन्त्य र एमसीसी अनुमोदन लगायतका विषयमा छलफल भएको छ ।

एमसीसीलाई लिएर सत्ता गठबन्धनमा दरार आएका बेला देउवा र ओलीबीच भेटवार्ता भएको हो । यसअघि ओलीलाई भेट्न प्रधानमन्त्री देउवा ओली निवास बालकोट पुग्नुभएको थियो ।