२३ बैशाख २०८२, मंगलवार

सरकारले भोलि र पर्सि उपत्यका बाहिर जान दिने

lockdown 12

सरकारले गरेको लकडाउन को आज १७औँ दिन भयो । लकडाउन शुरु भए देखिनै मानिसहरु हिँडेरै गन्तब्य तिर लागिरहेका छन् । दिउँसो हिड्न नपाएपछी मानिसहरु रातिनै हुल बाँधेर निस्किने गरेका छन ।

यसैबीच सरकारले अब काठमाडौंबाहिर जान चाहनेलाई भोलि र पर्सी काठमाडौं बाहिर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।

लकडाउन अझै लम्बिने अवस्था आयो भने दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले सरकारले गाउँ र्फकन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङकाअनुसार लामो दुरीको रुटमा सरक्षाकर्मीले स्कटिङ गरेर लैजानेछ भने छोटो दुरीको हकमा कसरी लैजाने भने गृहमन्त्रालयले योजना बनाउँदैछ ।