५ जेष्ठ २०८१, शनिबार

आज काठमाडौंमा मात्रै लकडाउन उल्ल्न्ंघन गर्ने १ हजार ३ सय ७८ जना कारवाहिमा

lockdown nepal police

काठमाडौं उपत्यकाभित्र लकडाउन उलंघन गर्ने १ हजार ३ सय ७८ जना मानिस कारबाहीमा परेका छन् ।

लकडाउन अवज्ञा गर्ने क्रम बढेसँगै चेकजाँच कडा पारिएको र ठूलो संख्यामा कारबाही गरिएको महानगरिय प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक (डीआइजी) विश्वराज पोखरेलले जानकारी दिए ।

उनका अनुसार बिहान ८ बजेसम्म १ हजार १ सय पुरुष र २ सय ७८ जना महिलालाई होल्डमा राखिएको छ ।

यस्तै २ सय ४९ वटा सवारी साधन पनि प्रहरीको नियन्त्रणमा रहेको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सरकारले लागू गरेको लकडाउनकाे आज १७ औं दिन पुगेको छ ।