१२ बैशाख २०८१, बुधबार

(सूचना) उच्च सतर्कता: बन्द घोषणा भएपछि, कानून विपरीतका गतिविधिहरु हुन नदिनू

Home ministry of Nepal

विभिन्न ६ राजनीतिक दलहरुले बुधवार फागुन ४ गते गर्ने भनिएको नेपाल बन्दमा प्रहरीले उच्च सतर्कता अपनाउने भएको छ ।

गृह मन्त्रालयले मंगलवार एक सूचना जारी गर्दै कानून विपरितका कार्य गर्न नदिन सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउन मातहतका निकायलाई आदेश पनि गरेको छ ।

‘नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले आज फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको भनी सूचना प्राप्त भएकोले सो सन्दर्भमा कानून विपरीतका उल्लेखित गतिविधिहरु हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रले उच्च सतर्कता र निगरानी बढाई जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउनुहुन आदेशानुसार अनुरोध छ’ गृहमन्त्रालयले भनेको छ।

सरकारले एमसीसीलाई भोलि संसदमा टेबल गर्न लागेको भन्दै वामपन्थी दलहरुले नेपाल बन्दको आह्वान गरेका छन् ।

home 649x768 1