७ बैशाख २०८१, शुक्रबार

एक स्थान खस्कियो नेपाली क्रिकेटको विश्व वरियता

cricket team

आईसीसीको ट्वेन्टी–ट्वेन्टी विश्व वरियतामा नेपाल एक स्थान झरेको छ ।

नयाँ वरियतामा पुरूषतर्फ नेपाल एक स्थान खस्किँदै १३ औं स्थानमा पुगेको हो । नेपालको २१ खेलबाट ३ हजार ९१३ अंक हुँदा रेटिङ भने १८६ छ ।

हिजो मात्रै ओमानमा सम्पन्न चारदेशीय ट्वेन्टी–ट्वेन्टी श्रृङ्खलामा तीन खेलमध्ये नेपाल दुई खेलमा पराजित भएको थियो । श्रृङ्खला जितेको यूएई भने १२ औं स्थानमा उक्लिएको छ ।

शीर्ष स्थानमा इंग्ल्याण्ड रहँदा भारत दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन् । एक दिवसीयको वरियतामा नेपाल १६ औं स्थानमा छ ।