१३ बैशाख २०८१, बिहीबार

सोलुखुम्बुको फेरामा सकेट बम फेला, स्थानीय त्रसित

saket boom

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२ बेनीस्थित फेरामा सकेट बम फेला परेको छ । स्थानीयले बारीमा काम गर्ने क्रममा बम फेला पारेपछि स्थानीय प्रशासनलाई खबर गरेका हुन् । बम फेला पारिएको क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रशासनले जनाएको छ ।

सो स्थानमा सल्लेरीबाट प्रहरी र नेपाली सेनाको टोली पुगेको छ । बम डिस्पोजका लागि ओखलढुङ्गाबाट डिस्पोजल टोली बोलाइएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले जानकारी दिनुभयो । द्वन्द्वकालीन समयमा लुकाइएको बम फेला परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।