१५ चैत्र २०८०, बिहीबार

टेक अफ गर्ने बेला गुण एयरको विमानमा चरा ठोकियो

Guna air

विराटनगर विमानस्थलबाट ‘टेक अफ’ गर्दै गरेको गुण एयरको विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरेको छ ।

विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलले दिएको जानकारी अनुसार विराटनगरबाट आइतबार साझ साढे ६ बजे टेक अफ गर्ने बेलामा चरा ठोक्किएको हो ।

त्यसलगत्तै एक राउन्ड घुमाएर जहाज अवतरण गरिएको थियो । विमानमा भने कुनै क्षति भएको छैन भने यात्रु पनि सबै सकुसल रहेका छन । उक्त एयरलाइन्समा २७ जना यात्रु थिए । विराटनगरबाट गुण एयरको काठमाण्डौं नियमित दुई वटा उडान हुँदै आएको छ ।