२० बैशाख २०८१, बिहीबार

कोरोना महामारी सुरु भएको वुहानमा लकडाउन हटाइयो

whoun

कोरोनाभाइरसको विश्वव्यापी महामारी सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ ।

स्मार्टफोनमा हुने व्यापक रुपमा प्रयोगमा आएको स्वास्थ्यसम्बन्धी एपमा हरियो कोड देखिएकाहरूले ज्यानुअरी २३ तारिखयता पहिलोपटक वुहान सहरबाट अन्यत्र जान पाउनेछन् । लकडाउन हटाइएसँगै यातायातका सबै साधनहरू पनि पुनस् सञ्चालनमा आएका छन् ।

मङ्गलवार चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्य देखिएपछि कोरोनाभाइरसको प्रकोप सुरु भएको वुहान सहरमा लकडाउन हटाइएको हो । कोरोनाभाइरसको सङ्क्रमण रोकथामका लागि अधिकारीहरूले वुहान सहरमा पहिला कहिल्यै नलगाइएका प्रतिबन्धहरू लगाएका थिए ।

१ करोड १० लाख मानिसहरू रहेको उक्त सहरमा सबैजसो व्यापार(व्यवसाय बन्द गर्न निर्देशन दिइएको थियो । गत महिना वुहानमा एक साताभर कोरोनाभाइरसका नयाँ सङ्क्रमित एकजना पनि नपाइएपछि किनमेल केन्द्रहरू खोलिएको थियो ।

सङ्क्रमित नभएका आवासीय क्षेत्रका केही मानिसलाई पनि घरबाट दुई घण्टाका लागि बाहिर जान अनुमति दिइएको थियो । बुधवारबाट स्वीकृति पाएका मानिसहरूले सार्वजनिक यातायात प्रयोग गर्न पाउँछन् तर त्यसका लागि उनीहरूले क्यूआर कोड स्क्यान गर्न दिनुपर्छ ।

त्यस्तो कोड प्रत्येक मानिसका लागि फरक हुन्छ र त्यो उनीहरूको स्वास्थ्यस्थितिसँग सम्बन्धित हुन्छ । बीबीसी