१३ बैशाख २०८१, बिहीबार

नेपालको आत्मविश्वास उच्च, दोस्रो खेलमा नेपाल र युएई खेल्दै

nepal 1

ओमान भ्रमणमा रहेको नेपालले चार देशीय टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा आज युएईविरुद्ध खेल्दैछ।

नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार बिहान ११:४५ बजेदेखि अल अमेरात क्रिकेट मैदानमा सुरू हुनेछ।

यसअघि शुक्रवार भएको पहिलो खेलमा घरेलु टोली ओमानलाई हराएको नेपाली टोली उच्च आत्मविश्वासका साथ विजयी यात्रालाई निरन्तरता दिने योजनामा छ।

घरेलु टोलीमाथि ओडिआई सिरिज जितेर लयमा रहेको युएई पनि आफ्नोउत्कृष्ट लय कायम राख्ने सोचमा हुनेछ।

पछिल्लो तीन खेलको आँकडा हेर्दा युएईविरूद्ध नेपाल हाबी देखिन्छ। तीन खेलमध्ये नेपालले दुई खेल जितेको छ। यी दुई टिमले अन्तिमपटक एकअर्काविरद्ध सन् २०१९ फेब्रुअरी ३ मा खेलेका थिए। सो खेलमा नेपाल १४ रनले विजयी भएको थियो।

युएईपछि नेपालले यो सिरिजको अन्तिम खेलमा सोमबार आयरल्याण्डविरूद्ध खेल्नेछ।

त्यसपछि नेपालले १८ फेब्रुअरीबाट आईसीसी विश्वकप ग्लोबल क्वालिफायर प्रतियोगिता खेल्नेछ।