१४ बैशाख २०८१, शुक्रबार

खुमलटारमा फेला पर्‍यो बालकुमारी मन्दिरबाट हराएको मूर्ति

bal kumari murti

ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट गत माघ ८ गतेदेखि हराइरहेको मूर्ति फेला परेको छ ।

शुक्रबार बिहान ६ बजेतिर महानगरपालिका – १५ खुमलटार स्थित करुणा मन्दिरको छेवैमा उक्त मूर्ति फेला परेको हो ।

करुणा मन्दिरको हातामा बिहान मुर्ति भेटिएको ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले बताए ।​

क्लासीक टावर पछाडिको मन्दिरमा बोरामा व्याक गरेको अवस्थामा शंकास्पद बस्तु भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोलेर हेर्दा मुर्ति भेटिएको छ । मूर्ति फेला परेको कुरा स्थानीयले प्ररहरीलाई खबर गरेका थिए ।

bal kumari murti

अहिले मूर्ति जावलाखेलस्थित महानगरीय प्रहरी कार्यालयमा राखिएको छ । त्यहाँ प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले व्यापाक खोजी भएको मूर्ति र पक्रिन सकिने त्रासले चोरी गरेकोले मूर्ति छाडेको हुनुपर्ने बताए । सो मुर्ति चोरीमा संलग्नहरुको खोज भइरहेको एसएसपी पोखरेलले बताए ।

माघ ९ मा मुर्ति हराएपछि ललितपुर परिसर र महानगरीय अपराध महाशाखाले त्यसबारे अनुसन्धान गरिरहेको थियो । पेशेवर चोरहरुलाई प्रहरीले पक्रेर सोधपुछ गरिरहेको छ । सुनाकोठीका वडा अध्यक्षले मुर्ति फेला पार्नेलाई ५ लाख दिने घोषणा गरेका थिए ।

उक्त मूर्ति बालकुमारी मन्दिरको पुरानै स्थानमा प्रतिस्थापनका लागि प्रहरीले १० बजे हस्तान्तरण गर्दैछ ।