४ बैशाख २०८१, मंगलवार

चोरी भयो तीन सय बर्ष पुरानो बालकुमारीको मूर्ति

bal kumari murti

ललितपुर सुनाकोठीस्थित बालकुमारीको मूर्ति चोरी भएको छ । महानगरीइ प्रहरी बृत्त चापागाँउका डिएसपी टेकबहादुर कार्कीका अनुसार गए राती बालकुमारीस्थित मन्दिरबाट मूर्ति हराएको हो ।

बागमती प्रदेश सभाका सासंद राजकाजी महर्जनका अनुसार ३ सय वर्ष हाराहारी पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएका छन् ।

उनले भने, ‘मूर्ति चाहीँ पित्तलको हो । तर हाम्रा जिजुबराजुको पालाको ।’ केही गहना भने लकरमा राख्ने गरिएको उनले बताए । मूर्ति रातको १ बजेदेखि २ बजेभित्र चोरी भएको महर्जनको अनुमान छ ।

उनका अनुसार करिब २० वर्षअघि यो मूर्ति कुर्न स्थानीय राति मन्दिरमा सुत्ने गर्दथे । समस्या आएपछि त्याहा मूर्ति कुर्न पनि छोडिएको थियो ।
बालकुमारी चौरमासमेत बालकुमारी मन्दिर रहेको छ । यस मन्दिरलाई पिठ मानिन्छ । पिठ मन्दिरलाई आमा मानिन्छ भने सुनाकोठी बजार क्षेत्रमा रहेको मन्दिरलाई छोरी मानिन्छ ।

हरेक वर्ष मंसिर र वैशासमा यस मन्दिरमा जात्रा लाग्ने गर्छ । प्रहरीले घटनास्थल पुगेर घटना विवरण लिए लगत्तै अनुसन्धान सुरु गरिएको डिएसपी कार्कीले बताए ।