१३ बैशाख २०८१, बिहीबार

२ हजार ४०१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, १४ जनाको निधन

corona insurance

देशभर आज थप २ हजार ४ सय १ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

आज ११ हजार ६ सय ३ वटा नमुनाको पिसिआर परीक्षण गर्दा १ हजार ८ सय ५१ जनामा र ४ हजार ७ सय ५३ वटा एन्टिजेनको नमुना परीक्षण गर्दा ५ सय ५० गरी जम्मा २ हजार ४ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ११ लाख ६ हजार ६ सय १७ पुगेको छ ।

त्यस्तै देशभर आज ७ हजार ७ सय ७७ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको हुनेको कुल सङ्ख्या ९ लाख २८ हजार ३ सय ६९ जना रहेको मन्त्रालयले जानकारी दिएको छ । निको हुनेको दर ९५ दशमलव ७ प्रतिशत पुगेको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप १४ जनाको निधन भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट निधन हुनेको कुल सङ्ख्या ११ हजार ८ सय ५२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म देशभरि ३० हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा मात्रै देशभर २ लाख ४६ हजार ७ सय ८३ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।