७ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिमेली महिलाको भूमिका स्वस्तिमाको `चिसो मान्छे’मा, प्रदर्शन मिति असार

1644335861 Chiso Manchhe

फिल्म चिसो मान्छेको प्रदर्शन मिति सरेको छ ।

वैशाख ३० गतेलाई केही महिना पहिले नै प्रदर्शन मिति तय गरेको थियो, अन्तत यो पिल्म असार ३ गते प्रदर्शन मिति तय गरेको छ ।

हालै सरकारले वैशाख ३० गतेलाई स्थानिय चुनाव गर्ने भनेर मिति तोके पछि फिल्म चिसो मान्छेको प्रदर्शन सर्न गएको हो । स्थानीय निकायको चुनाव घोषणा गरेकै दिन दीपेन्द्र के खनालले धेरै पहिला फिल्मको प्रदर्शन मिति घोषणा गरेका थिए । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ३० वैशाखमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गर्दै अभिनेत्री स्वस्तिमा खड्काको सुदूरपश्चिमेली महिलाको भूमिकामा देखिने लुक्स पनि सार्वजनिक गरेको छ।

यो फिल्म पशुपति प्रसाद, आमालगायत बनाएका दीपेन्द्र के खनालको निर्देशन र कथामा बनेको हो।

फिल्ममा स्वस्तिमा, अर्पण थापाका साथमा देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसीलगायतका कलाकारको पनि अभिनय रहेको छ।

273564922 4783598745087003 9185479673505125295 n