१६ चैत्र २०८०, शुक्रबार

लिग अन्तर्गत बाँकी रहेका १० औंदेखि १३ औं चरणसम्मको खेल तालिका सार्वजनिक

Martyr s Memorial Trophy

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बाँकी रहेका १० औंदेखि १३ औं चरणसम्मको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले हिजो सार्वजनिक गरेको ४ चरणको खेल तालिका अनुसार १० औं चरणको पहिलो खेलमा फ्रेण्ड्स क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेल शुक्रबार दिउँसो १ बजे हुनेछ भने सोही दिन पौने ५ बजे हुने दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लब आमनेसामने हुनेछन् । दुबै खेल दशरथ रंगशालामै हुनेछन् । १० औं चरणको तेस्रो खेल नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

आगामी चरणमा १ खेलमात्र एन्फा कम्प्लेक्समा हुनेछ भने ११ औं चरणका ३ खेल पनि त्यहि हुनेछ । लिगको अन्तिम चरणका खेलहरु फागुन १२ गतेदेखि १४ गतेसम्म हुनेछ । १३ औं चरणका खेल तालिका सार्वजनिक गरिए पनि समय र खेल स्थान भने खुलाईएको छैन् ।

लिगको नवौं चरणमा स्थगित भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल भोलि दिउँसो १ बजे दशरथ रंगशालामा हुनेछ । च्यासलका १९ जना खेलाडीमा कोरोना संक्रमण देखिएपछि अन्तिम समयमा खेल स्थगित गरिएको थियो ।

यससँगै नवौं चरण सकिनेछ । नवौं चरणसम्म २३ अंक जोड्दै साबिक विजेता मछिन्द्र क्लब तालिकाको शीर्ष स्थानमा छ ।