१२ बैशाख २०८१, बुधबार

चितवन एमालेको अध्यक्षमा राम न्यौपाने सर्वसम्मत

nekapa5

नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अध्यक्षमा राम न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ । १० औं जिल्ला अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

लामो समयपछि आज जिल्ला नेतृत्वको टुंगो लागेको एमाले स्रोतले जानकारी दिएको छ । एमाले चितवनको उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन हुनुभएको छ ।

आजै १३२ सदस्सीय जिल्ला कमिटीको घोषणा हुँदैछ । ६ जना एकता प्रकृया र ६ जना मनोनितसहित १३२ जना जिल्ला सदस्यको नै टुंगो लागेको जनाइएको छ । सपथग्रहण कार्यक्रम दिउँसो १ बजे पार्टी कार्यालयमा आयोजना गरिएको छ ।

पुस २३ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनले एक महिनापछि नेतृत्व दिन सफल भएको हो । अधिवेशनपछि जिल्लाका धेरै नेता कार्यकर्ता कोरोना संक्रमित र पार्टी पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज देवी ज्ञवालीका पिताको मृत्यु भएका कारण अधिवेशनको नेतृत्व चयनका काम रोकिएको थियो । पुनः सोमबारबाट छलफल गरेर आज (बुधबार) जिल्ला नेतृत्वको टुंगो लगाइएको छ ।

    सम्बन्धित समाचार...