१५ चैत्र २०८०, बिहीबार

अस्पताल भर्ना शताब्दी पुरूष सत्यमोहन जोशी, अबस्था सामान्य

satya mohan joshi

शताब्दी पुरूष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना हुनुभएको छ । १०२ वर्षीय जोशीको शरीरमा अक्सिजन कमी भएपछि अस्पताल भर्ना गरिएको हो ।सास फेर्न गाह्रो भएपछि सोमबार राति उहाँलाई ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल अस्पताल भर्ना गरिएको छ ।

हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र अब एकरदुई दिनको उपचारपछि डिस्चार्ज गरिने जोशीका आफन्तले जानकारी दिनुभयो ।