१७ बैशाख २०८१, सोमबार

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको निधन, १९५७ संक्रमित थपिँदा ५१०३ संक्रमणमुक्त

corona insurance

नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १ हजार ९ सय ५७ संक्रमित थपिएका छन् ।

८ हजार ५ सय ८७ पिसिआर परीक्षणमा ११ सय ८४ र ४ हजार १ सय ५ एन्टिजेन परीक्षणमा ७ सय ७३ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा ४ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा १३ सय ३८, ललितपुरमा ७० र भक्तपुरमा ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकाबाहिर सबैभन्दा धेरै कास्कीमा ९४ जना र मोरङमा ६५ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणबाट थप ११ जनाको निधन भएसँगै निधन हुनेको कूल संख्या ११ हजार ८ सय ३८ पुगेको छ । पछिल्लो पटक ५ हजार १ सय ३ जना संक्रमण मुक्त भएका छन् ।

हाल देशभर ३६ हजार १ सय ८१ जना सक्रिय संक्रमित छन् । २ सय ५६ जनाको आइसीयू र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो पटक २ लाख ७३ हजार ३ सय ४९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।