१३ बैशाख २०८१, बिहीबार

जहाँ हालसम्म एउटा पनि कोरोना संक्रमण देखिएको छैन, अहिलेसम्म कसरी मुक्त छ ?

corona326

विश्वका दुई सय ११ मुलुक कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको चपेटामा छन् । तर, केही यस्ता देशहरू छन्, जहाँ हालसम्म एउटा पनि कोरोना संक्रमण देखिएको छैन । त्यस्ता मुलुकमध्येको एक हो, तुर्कमेनिस्तान ।

विश्वका अधिकांश देश कोरोनाको महामारीविरुद्ध जुधिरहेका छन् । कोरोना संक्रमण फैलिन नदिनका लागि पूर्ण रुपमा लकडाउन गरिएको छ । तर, विश्व स्वास्थ्य दिवसको अवसरमा मंगलबार तुर्कमेनिस्तानमा साइकल र्‍याली आयोजना गरिएको छ ।

यो मध्य एसियाली मुलुकले दाबी गरेको छ कि यहाँ अहिलेसम्म कोरोना संक्रमणको एउटा पनि घटना भएको छैन ।

तर, के सेन्सरसीपका लागि चर्चित सरकारले उपलब्ध गराएको तथ्यांकलाई विश्वास गर्न सकिन्छरु तुर्कमेनिस्तान स्वास्थ्य सेवा प्रणालीबारे अध्ययन गरिरहेका लन्डन स्कुल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिनका प्रोफेसर मार्टिन म्याकीका अनुसार तुर्कमिनिस्तानले आधिकारिक रूपमा स्वास्थ्यबारे सार्वजनिक गरेको तथ्यांकबारे भरोसा गर्न सकिँदैन ।

मार्टिनले भनिन्, ‘गत दशकमा दाबी गरेका थिए कि त्यहाँ एक जना पनि एचआईभीरएड्सबाट संक्रमित बिरामी छैनन् । यो तथ्यांक पनि विश्वसनीय र सह्राना गर्न नसकिने हो।

हामीलाई यो पनि थाहा छ कि सन् २००० को दशकमा उनीसँग थुप्रै रोगबारे लगातार जानकारी लुकेको थियो। यसमा प्लेग पनि समावेश छ ।’

तुर्कमेनिस्तानमा धेरै व्यक्तिहरू कोभिड १९ बाट डराउँछन् । जुन पहिले नै संक्रमित हुनसक्छ ।

कोरोनाविरुद्ध लड्ने योजना के हो ?

राजधानी अस्गबातमा बसोबास गर्ने एक व्यक्तिले आफ्नो नाम नछाप्ने शर्तमा भने, ‘मेरो चिनजानका एक व्यक्ति सरकारी एजेन्सीमा काम गर्छन् । उनले यहाँ पनि भाइरस फैलिएकोबारे मलाई सुनाएका छन् । यसबारे सार्वजनिक नगर्न उनलाई बाध्य पारिएको छ । यसबारे भनेमा म आफैं समस्यामा पर्नसक्छु ।

यद्यपि, तुकर्मेनिया प्रशासन कोरोना भाइरस रोकथाम गर्न निरन्तर प्रयास गरिरहेको छ र संक्रमित मानिसहरूलाई खोजिरहेको छ ।

देशमा कोरोना भाइरससँग जुध्नका लागि संयुक्त राष्ट्र संघका एजेन्सीहरूसँग मिलेर काम गर्ने कार्ययोजना बारेमा तुर्कमेनिस्तानले छलफल गरिरहेको छ ।

संयुक्त राष्ट्र संघीय आवासीय कोओर्डिनेटर एलेना पानोभाका अनुसार यस योजनामा समन्वय, जोखिम सञ्चार, जोखिमबारे छानबिन, प्रयोगशाला परीक्षण र अन्य उपायहरूबारे छलफल भइरहेको छ ।

संयुक्त राष्ट्र संघले तुर्कमेनिस्तानको यो दाबीसँग सहमति जनाएको हो रु यहाँ कोरोना संक्रमणको कुनै घटना भएको छैन रु भन्ने जिज्ञासमा पानोभा जवाफ दिनबाट पन्छिएकी छन् ।

उनले भनिन्, ‘हामी केवल आधिकारिक जानकारीमा निर्भर छौँ । किनकि यो अन्य देशहरूको सन्दर्भमा पनि उस्तै हो । यसमा विश्वास गर्नुबाहेक अरु कुनै कुरा छैन किनभने यो यसरी नै काम गरिन्छ ।’

सुरुवाती समयमा नै यहाँ यात्रा गर्न प्रतिबन्ध लगाइएकोले संक्रमणका घटनाहरु नदेखिएको विश्वास एलेना गर्छिन् । तुर्कमेनिस्तानले करिब एक महिना अघि आफ्नो सबै सीमा नाकाहरु बन्द गरेको थियो । यस बाहेक, फेब्रुअरीमा चीन र केही अन्य देशहरूको हवाई यात्रामा पनि उसले प्रतिबन्ध लगाएको थियो ।

साथै, सबै अन्तर्राष्ट्रिय उडानहरू राजधानीको सट्टा तुर्कमेनाबादमा डाइभर्ट गरिएको थियो । जुन ठाउँलाई एक क्वारेन्टाइन जोनको रुपमा विकास गरिएको थियो ।

यद्यपि, धेरै स्थानीय मानिसले बताएअनुसार केही मानिसहरू दुई हप्तासम्म पाल टाँगेर बनाइएका आइसोलेसनमा बस्नुको सट्टा घुस दिएर क्वारेन्टाइन क्षेत्रबाट बाहिर आएका थिए । एलेना पानोभा भन्छिन् ‘देशमा आएका प्रत्येक व्यक्तिमा कोभिड–१९ का लक्षणहरु देखा परेको थियो।

उनीहरु सबैको परीक्षण गरिएको थियो । यद्यपि हालसम्म कति जना व्यक्तिहरूको परीक्षण गरिएको छ र तुर्कमेनिस्तानमा कति टेस्ट किटहरु छन् भन्नेबारे सही तथ्यांक दिन सकेका छैनन् ।

उनले अघि भनिन्, ‘हामीले सरकारी अधिकारीहरूसँग गरेको कुराकानी अनुसार उनीहरूले पर्याप्त परीक्षण गरेका छन् ।’

स्वास्थ्य सेवा प्रणाली कस्तो छ ?

कोरोनाको महामारी संक्रमणको सामना गर्न तुर्कमेनिस्तानको स्वास्थ्य सेवा प्रणाली कति सक्षम छ रु यस प्रश्नमा पानोभो भन्छिन्, ‘हामीलाई थाहा छैन । हामीलाई भनिएको छ कि उनीहरूले धेरै स्तरको तयारीहरु गरेका छन् र हामी यसमा विश्वास गर्दछौं किनकि यहाँका अस्पतालहरूको सुविधा राम्रो छ ।’

‘यद्यपि यदि संक्रमण फैलियो भने, स्वास्थ्य प्रणालीमा धेरै दबाब हुनेछ, जुन अन्य देशहरूमा भइरहेको छ । त्यसैले यो अवस्थामा जति पनि तयारी गरेपनि त्यो अपुग नै हुन्छ । त्यसकारण हामी भेन्टिलेटर र अन्य आवश्यक उपकरणहरू संकलन गर्न उनीहरुलाई सुझाव दिइरहेका छौं।’

कोरोना संक्रमणबारे मानिसहरूमा चेतना छ । सहरको मध्य भागहरू र राजधानी अस्गाबाट आउनका लागि प्रतिबन्ध लगाइएको छ । केही गरी आउनु परेमा चिकित्सकको रिपोर्ट अनिवार्य गरिएको छ ।

जडीबुटी उपचारमा प्रयोग गरिने घाँसको एक प्रकारको युसरिक जलेको धुँवा बजार र कार्यालयहरूमा किटनाशकको रूपमा छर्ने काम गरिएको छ । राष्ट्रपति गुरबांगुली बर्दी मुहमेदोका अनुसार यस घाँसको धुवाँबाट भाइरस मर्नेछ । यद्यपि यसको कुनै ठोस प्रमाण भने छैन ।

तर, बाँकी विश्वको तुलनामा, तुर्कमेनिस्तानमा दैनिक जीवन एकदम सामान्य छ । क्याफे र रेस्टुरेन्टहरु खुल्ला छन् । विवाह समारोहमा भिड कायमै छ । कसैले पनि मास्क लगाएका छैनन् र ठूलो संख्यामा मानिसहरू सभा समारोहमा भाग लिइरहेका छन् ।

बीबीसी हिन्दीबाट अनुवादित