८ बैशाख २०८१, शनिबार

आगामी निर्वाचनसम्म एमसीसी स्थगित गर्न प्रचण्डको प्रस्ताव

tindal uml congress moist

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनाव पछाडि मात्र एमसीसी अगाडि बढाउन प्रस्ताव गर्नुभएको छ ।

आइतवार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा दाहालले चुनाव अघि एमसीसी स्थगित गर्न प्रस्ताव राख्नुभएको हो ।

छलफलमा प्रधानमन्त्री देउवाले भने एमसीसी अगाडि बढाउन सहयोग गर्न दुवै अध्यक्षसँग आग्रह गर्नुभएको थियो । तर, माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसीलाई चुनावसम्म स्थगित गर्ने प्रस्ताव राख्नुभएको हो ।