२० बैशाख २०८१, बिहीबार

‘दिलबर गर्ल’ नोरा सामाजिक सञ्जाल इन्स्टाग्रामबाट अलग्गिइन्

Nora Fatehi

बलिउडकी ‘दिलबर गर्ल’ नोरा फतेही सामाजिक सञ्जालमा आफ्नो हरेक साना–ठूला गतिविधिलाई अपडेट गरिरहन्छिन् । यद्यपि अब उनले फ्यानबाट आफूलाई टाढा राख्ने निर्णय लिएकी छन् । अभिनेत्रीले शुक्रबार आफ्नो इन्स्टाग्राम एकाउण्ट हटाएर सबैलाई चकित बनाएकी छन् ।

उनको इन्स्टाग्राम एकाउण्टमा ३७ दशमलब ६ मिलियन फलोर्स थिए । तर एकाउण्ट हटाएपछि उनको पोस्ट, फलोअर्स र फलोइङ जिरो देखिएको छ । अभिनेत्री सामाजिक सञ्जालमा निकै सक्रिय थिइन् । उनी जहिल्यै आफ्नो ग्ल्यामर तस्वीर शेयर गर्थिइन् । उनले के कारणले इन्स्टाग्रामलाई हटाइन भन्ने खुल्न सकेको छैन ।

उनले एकाउण्ट हटाउनु केही अघिसम्म आफ्नो दुबई बिदाको तस्वीर राखेकी थिइन् । यो पोस्टमा उनले दुई सिंहसँगको तस्वीर राखेकी थिइन् ।

नोरा हालका दिनमा आफ्ना नजिकका साथीहरुसँग दुबईमा बिदा मनाइरहेकी छन् । जहाँबाट उनले केही दिन यता भिडियो र फोटो सामाजिक सञ्जालमा राख्ने गरेकी थिइन् ।