१६ चैत्र २०८०, शुक्रबार

नेता बाबुराम औपचारिक रुपमा एमालेमा प्रवेश

272730670 228765069375083 5409160059903832925 n

बागलुङमा रहेर राजनीति गर्दै आएका बाबुराम नेपाली नेकपा एमाले प्रवेश गरेका छन् । पछिल्लो समय नेकपा माओवादी केन्द्रका आवद्ध उनी मंगलबार एमाले प्रवेश गरेका हुन् ।

राष्ट्रिय जनमोर्चामा रहेर लामो समय गाविस अध्यक्ष बनेका गल्कोट ११ रिघाका नेपाली त्यसपछि माओवादी केन्द्र प्रवेश गरेका थिए ।

तत्कालिन समयमा नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि नेकपामै रहेका उनी शुक्रबार औपचारिक रुपमा एमाले प्रवेश गरेका हुन् ।उनलाई एमाले उप-महासचिव पृथ्वीसुब्बा गुरुङ, प्रदेश इन्चार्ज पद्मा अर्याल लगायतका नेताहरुले स्वागत गरे ।

    सम्बन्धित समाचार...