१३ बैशाख २०८१, बिहीबार

ब्राउन सुगर र गाँजासहित युटुबर चेतन कार्की पक्राउ

chatan karki

युटुबर चेतन कार्की पक्राउ परेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ खुर्कोटस्थित वीपी राजमार्ग सडक खण्डबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले प्रयोग गर्दै आएको ‘चेतन व्लग’ आवरणको मिनी ट्रकलाई रोकी चेकजाँच तथा खानतलासी गर्दा ४.१३० ग्राम तथा गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

उनले लगाएको खैरो रंगको ट्रयाकको दाहिने खल्तीबाट खैरो हेरोइन र उनले चलाएको गाडीमा राखिएको गोल्डेन रंगको गितारको कभरबाट ६.९४० ग्राम जाँजा बरामद भएको जिल्ला प्रहरी सिन्धुलीका एसपी गोविन्द थपलियाले जानकारी दिए ।

उनले प्रयोग गर्दै आएको मिनी ट्रक शंकास्पद थियो । काठमाडौं महानगरपालिका वडा नम्बर २६ सामाखुशी बस्ने ३७ वर्षीय चेतनले चलाएको बागमती प्रदेश ०१–००३–क ९१८२ नम्बरको मिनी ट्रकलाई प्रहरी रोकेर चेकजाँच गरेको थियो ।

हेर्दै अचम्म खालको गाडी देखिएपछि प्रहरीले खानतलासी गरेको प्रहरीले बताएको छ । गाडीभित्रै बेडरुम, किचेन, बाथरुम र स्टुडियोको रुपमा प्रयोग गर्दै आएको पाइएको छ ।

गाडीलाई मोडीफाइ गरी उनले गाडी भित्रै गीत रेकर्ड गर्न सकिने प्रविधि जडान गरिएको पाइएको प्रहरीले बताएको छ ।

सो मिनीट्रक बर्दिबासबाट धुलिखेलतर्फ जाँदै गर्दा प्रहरीले चेकजाँच गरेको थियो । सदा जस्तै प्रहरीले नियमित चेकजाँच गर्दै गर्दा युटुबर कार्कीले प्रयोग गर्ने गाडीमा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कार्कीलाई जिल्ला अदालत सिन्धुलीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी थपलियाले बताए ।

    सम्बन्धित समाचार...