४ बैशाख २०८१, मंगलवार

इस्लामिक स्टेटका वरिष्ठ नेता मारिए सिरियामा

Qurayshis

सिरियामा भएको अमेरिकी आक्रमणमा इस्लामिक स्टेटका एक वरिष्ठ नेताको मृत्यु भएको छ ।

उत्तरी सिरियामा भएको कारवाहीपछि आइएसका एक वरिष्ठ उपप्रमुख अबु इब्राहिम अल–हाशिमी अल–कुरैशी मारिएको अमेरिकी अधिकारीले बताएका छन् ।

घटनापछि राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै आफ्नो निर्देशनमा सुरक्षा कारवाही भएको जनाए । कुरैशीको मृत्युले विश्वका लागि ठूलो आतंकवादीको खतरा टरेको बाइडेनको भनाइ छ ।

कुरैशी लुकेको घरमा अमेरिकी सुरक्षाकर्मी पुगेपछि उनले परिवारसहित आफूलाई विष्फोट गराएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

मध्यरातमा भएको सुरक्षा कारवाहीका क्रममा कैयन् अमेरिकी हेलिकप्टर उक्त क्षेत्रमा पुगेका थिए ।

घटनास्थल पुगेका सहायताकर्मीले त्यहाँ ६ जना बालबालिकासहित १३ जनाको मृत्यु भएको बताएका छन् । घटनाबारे आइएसको सार्वजनिकरुपमा टिप्पणी आएको छैन ।