१४ बैशाख २०८१, शुक्रबार

(तस्विरसहित) जुम्लामा भारी हिमपात, जनजीवन कष्टकर

272955616 3001475853399789 5859317515760738534 n 768x576 1

जुम्लामा पुनः हिमपात भएको छ । बिहिबार साँझदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ।

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भइसँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि चिसो पनि बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।

यो वर्ष जुम्लामा तेस्रो पटक हिमपात भएको हो । हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।

जुम्लाको अधिकांश क्षेत्रमा बिहीबारदेखि हिमपात भएपछि आधा फिटसम्म हिउँ जमेको छ । लेकाली क्षेत्रमा झण्डै एक फिट बढी हिउ जमेको छ ।

हिमपातका कारण जुम्लामा बत्ती र इन्टनेट सेवा पनि अवरुद्ध भएको छ । चिसोका कारण दैनिकी कष्टकर बनेको चन्दननाथ नगरपालिकाका मनोज नेपालीले बताए ।

जुम्लामा स्याउ लगाउने र स्याउका बिरुवा काँटछाट गर्ने समय भएकाले किसानका लागि भने सहज भएको छ ।

256092766 1247861589072212 1123440591396985359 n 768x576 1
259115245 1303055060190693 3332998442612221909 n 768x576 1
259265173 941998756675742 5414262065094523007 n 768x576 1
269607582 471126017955950 5900514936679730853 n 768x576 1
272338361 937568023820043 7245221844014316315 n 768x576 1
272955616 3001475853399789 5859317515760738534 n 768x576 1
273071750 634289901010624 1148537856582970550 n 768x576 1
273080443 1073801923183196 2293663219651123832 n 768x576 1
273208826 263310225880038 4069026008674477307 n 768x576 1