२२ बैशाख २०८१, शनिबार

कार्यशैली ठिक भएन सभामुखको, एमसीसीमा बाधक बनेः बाबुराम भट्टराई

Dr Baburam Bhattarai
फाइल फोटो

सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सभामुखको कार्यशैलीमा असहमति जनाएका छन् ।

एमसीसीबारे सभामुख अग्नि सापकोटाले समाधान गर्ने भन्दा समस्या खडा गरेको भन्दै डा. बाबुराम भट्टराईले उनको कार्यशैलीमा असहमति जनाएका हुन् ।

पूर्वप्रधान मन्त्रीसमेत रहेका नेता भट्टराईले सभामुखले सर्वदलीय सहमति नभए सदनमा प्रस्ताव प्रस्तुत हुन नदिने हो भने प्रतिनिधिमूलक लोकतन्त्र कसरी चल्छ भन्दै प्रश्न गरे ।

‘हलो अड्काएर गोरु चुट्नु नेपाली राजनीतिको प्रिय धन्दा बन्नु विडम्बनापूर्ण छ’, डा. भट्टराईले बुधबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रमुख प्रतिपक्षले संसद् चल्न नदिने, सभामुखले सर्वदलीय सहमति नभए सदनमा प्रस्ताव प्रस्तुत हुन नदिने हो भने प्रतिनिधिमूलक लोकतन्त्र कसरी चल्छ ? जिम्मेवार दल र नेताले समस्याको समाधान दिने कि समस्या सिर्जना गर्ने ?’