२४ असार २०८२, मंगलवार

सक्रिया राजसंस्थाको परिकल्पना गरेको छैन: अध्यक्ष लिङ्देन राप्रपाले:

rajendra lingden
फाइल फोटो

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सक्रिय राजसंस्थाको पक्षमा नरहेको बताउनुभएको छ ।

एक सञ्चारमाध्यमलाई दिएको अन्तवार्तामा अध्यक्ष लिङ्देनले आफू संवैधानिक राजसंस्थाको पक्षमा मात्र रहेको प्रष्ट पार्नुभएको हो । भर्खरै सम्पन्न महाधिवेशनमा पूर्वराजाको समर्थन पाएर अध्यक्ष निर्वाचित भएको भनिएका लिङ्देनले आफ्नो पार्टीको एजेण्डा सक्रिय राजसंस्था नरहेको बताउनुभएको हो ।

राप्रपाले सक्रिय राजसंस्थाको पक्षमा वकालत गर्ने भनेर बाहिर आएका प्रचार गलत भएको बताउदै उहाँले राप्रपाले परिकल्पना गरेको राजसंस्था संवैधानिक राजसंस्था मात्र भएको प्रष्ट पार्नुभएको छ । हिजोको जस्तो प्रत्यक्ष शासन गर्ने वा सक्रिय राजसंस्थाको कुरा आफूहरुले कहिले नगरेको उहाँको भनाइ छ ।

भर्खरै पूर्व राजपरिवारकै समर्थनमा अध्यक्ष निर्वाचित भएको भनिएका लिङ्देनको यस्तो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । केही समय अघि निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दू राज्य र राजसंस्था शब्द हटाउन निर्देशन दिएको थियो ।