२२ बैशाख २०८२, सोमबार

यी हुन् मन्त्रिपरिषद्का विभिन्न ७ वटा निर्णयहरु

Gyanendrabdr karki 67
फाइल फोटो

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ। मंगलबार पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन्।

निर्णयहरु-

  • सोनाम ल्होसारको अवसरमा बुधबार देशभर सार्वजनिक बिदा दिने
  • विश्व बैंकबाट ‘फाइनान्स फर ग्रोथ डेभलपमेण्ट पोलिसी क्रेडिट’ बापत प्राप्त हुने १५० बिलियन अमेरिकी डलर (करिव १८ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी दस्ताबेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने
  • तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइनको लागि जग्गा प्राप्ति सम्बन्धी प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने, मालपोत कार्यालय र नापी कार्यालय सिमरा बाराको कार्यक्षेत्रमा पर्ने साविक गाविसहरु बुनियाद, रामपुर कोटनी तथा लिपनिमालको कार्यक्षेत्र भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय कैलालीको कार्यक्षेत्रमा समावेश गर्ने र मालपोत कार्यालय र नापी कार्यालय चितवनको कार्यक्षेत्र भित्र पर्ने साविक हाजिपुर गाविसलाई मालपोत कार्यालय र नापी कार्यालय खैरहनीको कार्यक्षेत्रमा समावेश गर्ने
  • ‘सफा हिमाल अभियान २०२२’ मा खटिने नेपाली सेनालाई हिमाल आरोहण गर्दा लाग्ने दस्तुरमा छुट दिने
  • शिक्षक अस्पताल निर्माणका लागि शिक्षा मन्त्रालयलाई सैद्धान्तिक स्वीकृतिसमेत प्रदान गर्ने
  • कच्चा दूधको न्यूनतम मूल्य बढाएर ५६.४ रुपैयाँ निर्धारण
  • अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा