१५ बैशाख २०८१, शनिबार

प्रतिबन्धित लागु औषधसहित दुई जना पक्राउ

Screenshot

सर्लाहीमा प्रतिबन्धित लागु औषधसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लालबन्दी न.पा. वडा नं. ८ बस्ने अन्दाजी वर्ष ४३ को अख्तर हुसेन र ईश्वरपुर न.पा.६ बस्ने अन्दाजी वर्ष ३६ को अशोक लामा रहेका छन् ।

गए राति कबिलासी न.पा.८ मा प्रहरीले शङ्का लागि चेक जाँच गर्ने क्रममा उनीहरूलाई लागु औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको एच आर २६बिएफ १८७६ नं. को कारलाई चेकजाँच गर्दा कारमा सवार हुसेनको साथबाट डाइलेक्स डिसी १०० एम एल ११ बोतल, नोफिबिन फेरगन ११ एम्पुल र हाइ टिच इन्जेक्सन– ३ पिस लागु औषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै कार र कार चालक लामालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता माधव बुढाथोकीले जानकारी दिनुभयो ।