११ बैशाख २०८१, मंगलवार

आलटाल नगरी तत्काल एमसिसी पारित गरौं,राष्ट्रको हितमा छः भट्टराई

Dr Baburam Bhattarai
फाइल फोटो

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एमसिसी सम्झौता तत्काल पारित गर्नुपर्ने बताउनुभएको छ । उहाँले एमसिसी सम्झौता आलटाल नगरी पारित गरिनुपर्ने बताउनुभएको हो ।

भट्टराईले सर्वसम्मतिले एमसिसी सम्झौता संसदबाट पारित गर्नुपर्ने र यो राष्ट्रको हितमा रहेको बताउनुभयो । यसबारे जनतालाई बुझाउनुपर्ने पनि उहाँको भनाइ छ ।

‘एमसिसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं,’ ट्वीट गर्दै भट्टराईले भन्नुभएको छ, ‘सबै एकमुख भएर जनतालाई बुझाऔं।’

एमसिसीकै बाहनामा सत्तारूढ गठबन्धनमा समस्या उत्पन्न हुन नहुने उहाँले उल्लेख गर्नुभयो । ‘यही बाहनामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढीवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस्,’ भट्टराई भन्नुहुन्छ, ‘देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस्। शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्।’