१३ बैशाख २०८१, बिहीबार

ब्रा र भगवानबारे विवादित अभिव्यक्ति दिएकी श्वेता तिवारीले मागिन् माफी

shweta tiwari sexy body

भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारी हालै आफ्नो वेब शोसँग जोडिएको एक इभेन्टका लागि भोपाल पुगेकी थिइन् । कार्यक्रममा श्वेताले आफ्नो ब्राको बारेमा बोलेकी थिइन् ।

धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लागेकी श्वेताले माफी मागेकी छिन् । श्वेताले विज्ञप्ति जारी गर्दै यस विवादमा आफ्नो मौनता तोडेकी हुन् ।

उनले कार्यक्रममा ‘मेरो ब्राको साइज भगवानले लिइरहनुभएको छ’ भनेकी थिइन् । यो भनाइ सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ । ब्रालाई भगवानसँग जोडेको भन्दै उनको ट्रोल बनाउने क्रम सुरु भएको हो ।

श्वेताले विज्ञप्तिमा लेखेकी छन्, ‘मेरा सह-कलाकारको अघिल्लो भनाइलाई लिएर मेरो भनाइलाई गलत बुझियो र विकृत गरियो । यसप्रति मेरो ध्यानाकर्षण भएको छ ।’

उनले सौरभराज जैनका लागि ‘भगवान’ शब्द प्रयोग गरिएको बताएकी छन् जसले अघिल्लो सिरियलमा भगवानको भूमिका निर्वाह गरेका थिए ।

‘कलाकारको पात्रको नाममा मान्छेसँगै जोडिन्छ, त्यसैले मिडिया अन्तरक्रियामा त्यो उदाहरण दिएकी थिएँ, तर गलत बुझियो । यसका लागि म माफी चाहन्छु,’ उनले भनेकी छन् ।

श्वेताले थप लेखेकी छिन्, ‘म आफैं भगवानमा धेरै विश्वास गर्छु, त्यसैले जानी–जानी यस्तो कुरा गरेर धार्मिक भावनामा ठेस पुर्याउने मेरो मनसाय थिएन, तर नजानेरै जनताको भावनामा चोट पुगेँ । मेरो शब्द वा कार्यले कसैलाई चोट पुर्याउने उद्देश्य थिएन ।’