१३ बैशाख २०८१, बिहीबार

भौतिक रुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस

ccmc1626309048 1024x545 1

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ मसान्तसम्म विद्यालयमा भौतिक रुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरेको छ ।

सीसीएमसीको आज बसेको बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन जारी राख्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो ।

कोरोना संक्रमण तीव्र फैलिरहेकाले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नदिने सिफारिस भएको सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।

खोप लगाउने प्रयोजनका लागि मात्र विद्यालय खोल्न पाउने तर पठनपाठन गर्ने गरी विद्यालय सञ्चालनमा लगाइएको रोक कायम राख्न सिफारिस गरिएको प्रवक्ता नेपालले जानकारी दिनुभयो ।

बैठकले विश्वविद्यालयका परीक्षालाई चाहिँ स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन गर्न अनुमति दिन सिफारिस पनि गरेको प्रवक्ता नेपालले जानकारी दिनुभयो ।