१२ बैशाख २०८१, बुधबार

निशुल्क खोप लगाउन ५ हजार तिरेंको स्वास्थ्य मन्त्रीको खुलासा

Birodh
फाइल फोटो

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ५ हजार रुपैयाँ तिरेर खोप लगाएको दाबी गरेका छन् । अघिल्लो ओली सरकारको पालामा अनुदानमा आएको निशुल्क खोप लगाउन आफूले ५ हजार रुपैयाँ तिरेको स्वास्थ्यमन्त्री खतिवडाले एक टेलिभिजनलाई दिएको अन्तर्वार्ताका क्रममा बताएका हुन ।

तत्कालीन ओली सरकारको पालामा छिमेकी मुलुकसहित विभिन्न दातृ राष्ट्रबाट आएको अनुदानको निशुल्क खोप लगाउन आफुले ५ हजार रुपैयाँ तिर्नुपरेको मन्त्री खतिवडाले दाबी गरेका हुन् ।

उनले, कोरोनाको खोप लगाउन ओली सरकारले सहज वातावरण नबनाइदिएका कारण अनुदानमा आएको खोपलाई समेत आफूले अधिक पैसा तिर्न बाध्य भएको बताएका हुन् ।

२४ लाख खोप हराएको बिषयमा केपी ओलीले गरेको टिप्पणी लक्षित खतिवडाले भने, “ओली सरकार हारेको बर्बराहटमा छन् त्यसैले जे पनि बोल्छन् । तर उनैको पालामा मैले ५ हजार रुपैयाँ तिरेर खोप लगाएँ ।

म जस्तो सांसद पदमा भएको ब्यक्तिले पनि पैसा तिरेर खोप लगाउनु पर्यो । के गर्ने ? मर्ने डर भएपछि पैसा तिरेरै भए पनि खोप लगाएँ । बेइमानी अहिलेको सरकारका पालामा भएको छैन । जे भयो पहिले (ओली) सरकारको पालामा भएको छ ।”

ओली सरकारको पालामा छिमेकी मुलुकसहित विभिन्न देशले नेपाललाई खोप अनुदानमा दिएका थिए । तर खतिवडाले आफूले ५ हजार तिरेर लगाएको भन्दै जनतालाई निःशुल्क लगाउन ल्याइएको खोप बिक्री गर्ने ठाउँमा कसरी पुग्यो ? भन्र्दै प्रतिप्रश्न गरेका छन् ।