१४ बैशाख २०८१, शुक्रबार

साताव्यापी विभिन्न कार्यक्रम गरी प्रदेशसभा स्थापना दिवस मनाउँदै कर्णाली प्रदेश

karnali pradesh sava karnali pradesh

कर्णाली प्रदेशसभाले विभिन्न गतिविधि सञ्चालन गरी आफ्नो स्थापनाको चौथो वार्षिकोत्सव मनाउने भएको छ । सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बिहीवार बसेको पदाधिकारी बैठकले माघ २१ गते प्रदेशसभा दिवसका रूपमा मनाउन साताव्यापी कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

प्रदेशसभा सचिवालयका अनुसार चौथो स्थापना दिवसको अवसरमा प्रदेशसभा परिसर सरसफाइ गर्ने, खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, विभिन्न क्षेत्रका युवाको भौतिक र भर्चुअल उपस्थितिमा अन्तक्र्रिया गर्ने, युवा विद्यार्थीलाई प्रदेशसभाको अवलोकन गराउने, वृत्तचित्र प्रदर्शनी गर्नेलगायतका कार्यक्रम तय गरिएको छ । त्यस्तै १० जना विद्यार्थीको सहभागितामा ‘म प्रदेशसभा सदस्य भएँ भने…’ शीर्षकमा वतृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले प्रदेशसभाको पहिलो बैठक बसेको दिनलाई स्थापना दिवसका रूपमा मनाउन माघ २१ गते दिउँसो जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गरी औपचारिक समारोह आयोजना गरिने बताउनुभयो ।

समारोहमा कर्णालीका प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री जीवनबहादुर शाहीलगायत प्रदेशका उच्चपदस्थ अधिकारीलाई आमन्त्रण गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।