१३ बैशाख २०८१, बिहीबार

युक्रेनमाथि प्रहार भए रुसको इन्धन व्यापार अवरोध गर्ने अमेरिकी चेतावनी

ukren 1

युक्रेनमाथि आक्रमण भए रुसको इन्धन व्यापार अवरोध गर्ने अमेरिकाले चेतावनी दिएको छ ।

मस्कोले युक्रेनमाथि हस्तक्षेप गरे रुसी ग्यासलाई पश्चिम युरोप पठाउने एउटा प्रमुख पाइपलाइन खोल्ने निर्णय अवरुद्ध बनाइदिने अमेरिकाले बताएको हो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले युक्रेनमाथि कुनै पनि रुपमा आक्रमण भए पाइपलाइन परियोजना अघि नबढ्ने स्पष्ट पारे ।

त्यस्तै जर्मनीले पनि सो परियोजनामा संलग्न नहोस् भन्ने सुनिश्चितताका लागि प्रयास गरिने बताए । नोर्ड स्ट्रिम टु पाइपलाइन रुसदेखि जर्मनीसम्म निर्माण गर्न लागिएको पाइपलाइन हो ।

बर्लिनस्थित अधिकारीहरूले पनि रुसले हमला गरे उक्त परियोजनामा प्रतिबन्ध लाग्न सक्ने धारणा राखेका थिए । अमेरिकासहितका पश्चिमा साझेदार राष्ट्रहरुले युक्रेनमाथि सैन्य गतिविधि गरेको खण्डमा रुसको अर्थतन्त्रलाई निशाना बनाउने बताउँदै आएका छन् ।

अमेरिकासहित नेटोमा आवद्ध पश्चिमा राष्ट्रले रुसले युक्रेनमाथि आक्रमणको तयारीमा रहेको बताएपनि रुसले अस्विकार गर्दै आइरहेको छ ।