१२ बैशाख २०८१, बुधबार

स्वदेश फर्कदै माओवादी नेता पुन

Barshaman Pun
फाइल फोटो

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन आज स्वदेश फर्कदै हुनुहुन्छ ।

उहाँ चीनमा स्वास्थ्य उपचारपश्चात आज बेलुका चार्टर्ड विमानमार्फत नेपाल आउन लाग्नुभएको हो । सुरुमा बैङ्कक र त्यसपछि चीनमा उपचार गराउनुभएका पुनले पूर्ण स्वास्थ्यलाभ गरी आज स्वदेश फर्किन लाग्नुभएको बताइएको छ ।

नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो । वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैङ्कक जानुभएको थियो ।

बैङ्ककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मङ्सीरमा उहाँलाई चीन लगिएको थियो ।हाल उनको शरीरमा बिलुरुबिन (जण्डिस) को मात्रा नियन्त्रित अवस्थामा रहेको पारिवारिक स्रोतले बताएको छ ।