१४ बैशाख २०८१, शुक्रबार

‘हिंसात्मक अभिव्यक्ति’ दिने मन्त्री यादवलाई बर्खास्त गर्न युवा संघको माग

renu yadav

सिके राउतलाई मारिदिने अभिव्यक्ति दिने भौतिक तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई बर्खास्त गर्न राष्ट्रिय युवा संघ नेपालले माग गरेको छ ।

युसा संघका मधेस प्रदेश कमिटीले विज्ञप्ति जारी गर्दै आपराधिक अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको हो ।

मन्त्रीलाई बर्खास्त गरी पक्राउ गर्न पनि युवा संघको माग छ ।

मन्त्री यादवको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै युवा संघले आज दिउँसो जनकपुरमा विरोध प्रदर्शन समेत गर्दैछ ।

yuba sangh 546x768 1