१३ बैशाख २०८१, बिहीबार

रहेनन् विश्वका सबैभन्दा जेष्ठ व्यक्ति

world man

विश्वकै सबैभन्दा पाका पुरुष स्पानियार्ड सातुर्निनो डि ला फ्ल्युटी ग्रार्सियाको निधन भएको छ। उनको ११२ वर्ष ३४१ दिनमा निधन भएको गिनिजि वल्ड रेकर्डले जनाएको छ।

उनी ११२ वर्ष २११ दिन पुरा भएपछि विश्वकै सबैभन्दा जेष्ठ व्यक्ति घोषित भएका थिए। अर्को महिना उनले आफ्नो ११३ औ जन्म दिन मनाउने योजनामा थिए।

चार फिट नौ इन्च अग्ला स्पानिर्याडको जन्म सन् १९०९ को फेब्रुवरीमा पोन्टे कास्ट्रोको लियोनमा भएको थियो। उनी पेसाले जुत्ता व्यापारी थिए। उनका साता छोराछोरी, १४ नातिनातिना र २२ पनाति छन्।

गिनिजि वल्ड रेकर्डका अनुसार जीन लुइस कालमेन्ट अहिलेसम्म रेकर्ड भएकामध्ये सबैभन्दा बढी समय बाँच्ने व्यक्ति हुन्। उनको १२२ वर्षको उमेरमा मृत्यु भएको थियो।

    सम्बन्धित समाचार...