२३ बैशाख २०८१, आईतवार

उपत्यकामा थप ३ हजार ९३९ जनामा काेराेना संक्रमण पुष्टि

610b7d44763b6 covid kathmandu

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९३९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा सबैभन्दा बढी २ हजार ९४३ जनामा संक्रमण देखिएकाे छ ।

त्यस्तै, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ जनामा संक्रमण देखिएको छ ।

यस्तै, देशभरको प्रयोगशालामा १४ हजार १४ आरटी पीसीआर तथा ३ हजार ४५१ एन्टीजेन परीक्षणसहित १७ हजार ४६५ जनाको परीक्षण गर्दा थप ६ हजार ७३४ जानामा संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएकाे छ ।