२१ बैशाख २०८२, आईतवार

(पत्रसहित) भोलिदेखि यी व्यक्तिलाई लगाइदैछ कोरोनाविरुद्ध बुस्टर डोज

16254622971625462297
फाइल फोटो

भोलि माघ २ गतेदेखि अग्रपंक्तिमा खटिनेहरूलाई सरकारले कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाउने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्र पठाई अग्रपंक्तिमा खटिनेहरूलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथि उमेरका नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप लगाउन सुरु गर्न निर्देशन दिएको हो।

पहिला जुन कम्पनीको खोपको पूरा मात्रा लगाएको हो, बुस्टर डोज दिँदा पनि त्यही खोप दिन भनिएको छ। पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भइसकेकालाई मात्र बुस्टर डोज दिइने मन्त्रालयले जनाएको छ।

खोपको पूरा मात्रा लगाइसकेर पनि थप (अतिरिक्त) खोप लगाउनुलाई बुस्टर डोज भनिन्छ। यसो गर्दा कोरोना संक्रमणको जोखिम कम गर्न सकिने विज्ञहरूको भनाइ छ।

हेर्नुहोस् स्वास्थ्य मन्त्रालयको पत्र–

buster khop 5AGIBT45Fc