१३ बैशाख २०८१, बिहीबार

नेपाली भूमि हो लिपुलेक, लिम्पियाधुरा र कालापानी

nepali congress party office

नेपाली काँग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केही दिन अघि एक कार्यक्रममा व्यक्त गर्नुभएको भनाइप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि रहेकोबारे नेपाली काँग्रेसले विगत देखि नै संस्थागत रूपले आफ्नो धारणा तथा अडान स्पष्ट रुपमा राख्दै आएको महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगन थापाद्वारा विज्ञप्तिमा जनाइएको छ ।

‘नेपाल–भारत संयुक्त आयोगमा दुई देश बिचको सबै प्रश्नमा कूटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

congress 2 768x994 1