२३ बैशाख २०८१, आईतवार

कराँते खेल्न आफ्नै खर्चमा बंगलादेश गएका कर्णालीका खेलाडीले ल्याए दुई स्वर्ण

271545000 437518271380174 6558145954719784920 n.jpg1642072699

बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण कराँते प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडीले दुई स्वर्ण पदक जितेका छन् । बंगलादेश गोजुरियो कराँते डाे संघको आयोजनामा २६ देखि २९ डिसेम्बरसम्म चलेको बि.जी. अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा सहभागि कर्णालीका खेलाडीले दुई स्वर्ण र दुई काँस्य पदक जितेका हुन् ।

प्रतियोगितामा सुर्खेतका प्रकाश खड्काले एकल कातामा स्वर्ण र ७५ केजी कुमितेमा काँस्य पदक जितेका थिए । यस्तै, दैलेखका हिक्मत रोका मगरले ६५ केजी. कुमितेमा एक स्वर्ण र सुर्खेतका सन्दीप महतले ७० केजी. कुमितेमा काँस्य पदक जितेका थिए ।

निजी खर्चमा बंगलादेश पुगेका सुर्खेतका दुई र दैलेखका एक खेलाडीले पदक जितेर फर्केको जिल्ला खेलकुद विकास समिति सुर्खेतले जनाएको छ । जिल्ला गोजुरियो कराँते संघ सुर्खेतले बुधबार विजेता खेलाडीहरूलाई सम्मान गरेको छ । साे अवसरमा सरोकारवाला निकायसँग कर्णालीका खेडालीको उनीहरूकाे खर्चसिहतका विषयमा ध्यानाकर्षण गराइने खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरीले बताए ।

नेपाल कराँते महासंघ कर्णाली प्रदेशका टेक्निकल कमिटीका अध्यक्ष प्रदीपकुमार राईले आफ्नै खर्चबाट पदक जितेर राष्ट्रको शान र कर्णालीको गौरव बढाएकोमा खेलाडीलाई बधाई दिँदै यसमा प्रदेश सरकार पनि जिम्मेवार भएर लाग्नुपर्ने बताए ।